Logo

रास्वपा सांसद कंसकारले लिईन् सपथ



काठमाडौं,१५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बिन्दबासिनी कंसकारले पद तथा गोपनियताको सपथ लिएकी छन् ।

आज सभामुख देवराज घिमिरेले कंसकारलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।

रास्वपाले पार्टीको तर्फबाट सांसद रहेका डा ढाकाकुमार श्रेष्ठ मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग दुई करोड रकम लेनदेन गरेको अडियो सार्वजनिक भएपछि सांसद पदबाट हटाउर कंसकारलाई पठाउने निर्णय गरेको थियो ।

रास्वपाको निर्णयविरुद्ध सर्वोच्चसम्म पुगेका श्रेष्ठ सर्वोच्च अदालतले मुद्दा खारेज गरिदिएपछि सांसदबाट हट्न बाध्य भएका थिए ।



प्रतिक्रिया दिनुहोस्