Logo

नागरिकता विधयेक प्रमाणीकरणप्रति शंकर पोखरेलको असन्तुष्टि,उठाए यस्ता ५ प्रश्न



काठमाडौं,१७ जेठ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विवादित नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पाडेलले प्रमाणीकरण गरेसँगै व्यापक आलोचना सुरु भएको छ ।

आज प्रमाणीकरण भएको नागरिकता विधेयकलाई लिए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले असन्तुष्टि जनाएका छन् ।
आज सामाजिक सञ्जालमा पोखरेलले असन्तुष्टि जनाउँदै पाँचवटा सवाल उठाएका छन् ।

पोखरेलले अघिल्लो संसद्ले दुई पटक पारित गरेर पठाएपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले थन्काएको विधेयक रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि भारत भ्रमणको पूर्व सन्ध्यामा प्रमाणीकरण गर्नुपर्ने बाध्यता के आइलाग्यो  ? भन्दै प्रश्न गरेका छन् ।

विधेयक प्रमाणीकरणले ५ प्रश्नको उत्तर खोजेको बताएका छन्।

यस्ता छन् उनको पाँच प्रश्न

-नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिकलाई उपेक्षा गर्न मिल्छ ?

-सम्माननीय पूर्व राष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरूको उत्तर दिने कर्तव्यबाट सरकार र संसद् भाग्न मिल्छ ?

-प्रादेशिक पहिचान सहितको नागरिकताको संवैधानिक प्रबन्धको ठाडो उलङ्घन गर्न मिल्छ ?

-नयाँ जनादेशको उपेक्षा गरेर निष्क्रिय विधेयकलाई प्रमाणीकरण गर्न मिल्छ ?

-संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो रु उत्तर दिनु पर्दैन र ?  file photo



प्रतिक्रिया दिनुहोस्