Logo

प्रधानमन्त्रीको भारत भ्रमणकै दिन नागरिकता विधेयक प्रमाणीकरण भएपछि योगेश भन्छन् “चितुवा पनि कराउनु सिंदाली पनि हराउनु” जस्तै भएन र ?



काठमाडौं,१७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरिदिएका छन् ।

यो नागरिकता विधेयक यसकारण विवादित थियो कि अघिल्लो संसदले दुई दुईपटक पारित गरेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पेस गरेको थियो । भण्डारीले संविधान र कानुनको मर्म विपरितको विधेयक भन्दै प्रमाणीकरण गर्न अस्वीकार गरेपछि यत्तिकै शीतलनिवासमा थन्किएर बसेको थियो ।

शीतल निवासमा थन्किएको विधेयकलाई गत जेठ १२ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रमाणीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को आग्रह र निर्णयलाई स्वीकार गर्दै पौडेलले आज विधेयक प्रमाणीकरण गरेका थिए ।
संयोगनै मान्नुपर्छ नागरिकता विधेयक प्रमाणीकरण हुनु र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणमा निस्कनु एकै दिन भयो ।

आजै प्रधानमन्त्री भारत भ्रमणमा जानु र आजै नागरिकता विधयेक स्रमाणीकरण हुनुमा कतै भारतको चाहाना हो की ? भन्दै धेरैले आशंका गरेका छन् । धेरै आशंकामध्येको एक आशंका गर्ने व्यक्ति हुन नेकपा एमालेका सचिव योगेश भट्टराई । प्रतिनिधिसभाका सदस्यसमेत रहेका भट्टराईले राष्ट्रपति पौडेलको कदमप्रति विरोध जनाउँदै राष्ट्रपतिले संविधानको घोर उलंघन गरेको आरोप लगाएका छन् ।

आज सामाजिक सञ्जालमा भट्टराईले सर्बभौम संसदमाथिको नांगो अतिक्रमण भएको बताएका छन् । उनले संबिधानको पालना र संरक्षणको दायित्व रहेको संस्थाले नै संबिधानमाथि आक्रमण गर्नु चिन्ताको बिषय भएको उल्लेख गरेका छन् ।

नेपालको नागरिकता ऐनलाई लिएर बिभिन्न आशंका भइरहेको सन्दर्भमा प्रधानमन्त्रि पुष्पकमल दाहालको भारत भ्रमणकै दिन यो काम हुनु “चितुवा पनि कराउनु सिंदाली पनि हराउनु” जस्तै भएन र ?भन्दै प्रश्न समेत गरेका छन् ।

यस्तो छ सामाजिक सञ्जालमा भट्टराईको टिप्पणी

अघिल्लो संसदको कार्यकालमा उत्पत्ति भएको र नयाँ संसद आएसंगै निष्क्रिय रहेको नागरिकता बिधेयकलाई प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संबिधानको घोर उलंघन गर्नु भएको छ । यो काम सर्बभौम संसदमाथिको नांगो अतिक्रमण हो । संबिधानको पालना र संरक्षणको दायित्व रहेको संस्थाले नै संबिधानमाथि आक्रमण गर्नु चिन्ताको बिषय हो । प्रमाणीकरण सम्बन्धि बिज्ञप्तिमा धारा ६१ र ६६ उल्लेख गरिएको छ जबकी बिधेयक प्रमाणीकरणको बिषय संबिधानको को धारा १११ र ११३ अनुसार मात्र हुनसक्छ । 

नेपालको नागरिकता ऐनलाई लिएर बिभिन्न आशंका भइरहेको सन्दर्भमा प्रधानमन्त्रि पुष्पकमल दाहालको भारत भ्रमणकै दिन यो काम हुनु “चितुवा पनि कराउनु सिंदाली पनि हराउनु” जस्तै भएन र ?  file photo 



प्रतिक्रिया दिनुहोस्