Logo

राष्ट्रपति पौडेलद्धारा ५ देशमा गैरआवसीय राजदूत नियुक्त



काठमाडौं,१७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि गैरआवसीय राजदूत नियुक्त गरेका छन् ।

पौडेलले आज फिजी,अर्जेन्टिना, वेलारुस, नर्वे र टर्कीका लागि गैरआवसीय राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार अष्ट्रेलियाका आवसीय राजदूत कैलाशराज पोखरेललाई फिजी,रुसका आवसीय राजदूत मिलनराज तुलाधरलाई वेलारुस, ब्राजिलका आवसीय राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिना, डेनमार्कका आवसीय राजदूत डा.रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका आवसीय राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवसीय राजदूत नियुक्त गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्