Logo

शर्मिला श्रेष्ठसँग लगनगाँठो कसे रमेश बिजीले



काठमाडौं,१८ जेठ । वरिष्ठ लोकदोहोरी गायक,सर्जक तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश बिजीले विवाह गरेका छन् ।

उनले आफ्नै गृह जिल्ला स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग विवाह गरेका हुन् । दुवैले प्रेम विवाह गरेका हुन् ।

बिजी नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा निक्कै महत्वपूर्ण योगदान दिने व्यक्ति हुन् ।

यी दुईबीचको विवाह सार्वजनिक भएपछि उनलाई सामाजिक सञ्जालमा आफन्त, साथीभाइले बधाई दिइरहेका छन् । दुई दशक भन्दा बढी समयदेखि गायनमा रहेका बिजी पछिल्लो समय अस्ट्रेलियामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्