Logo

प्रधानमन्त्री प्रचण्डद्वारा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण



काठमाडौं,१८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् ।

बिहीबार भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि दाहालले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

सो अवसरमा उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरेका थिए । प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरे ।



प्रतिक्रिया दिनुहोस्