
काठमाडौं,१८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । बिहीबार अपरान्ह नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेटवार्ता सुरु भएको हो ।
द्विपक्षीय वार्तापछि दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि प्रधानमन्त्री प्रचण्डले आज बिहान महात्मा गान्धीको समाधीस्थलमा पुगेर पुष्पहार अर्पण गरेका थिए।