Logo

दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माणको जिम्मापनि भारतलाई



काठमाडौं,१८ जेठ । तल्लो अरुण र कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिएको नेपालले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा निर्माण हुने दोधारा-चाँदनी सुख्खा बन्दरगाहको निर्माणसमेत भारतलाई नै गर्न दिने सम्झौतामा हस्ताक्षर गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो ।

उक्त सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गरे ।



प्रतिक्रिया दिनुहोस्