Logo

शरणार्थी प्रकरण : फरार रहेका महर्जन अदालतमा हाजिर



काठमाडौं, १८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका हरिभक्त महर्ज अदालतमा हाजिर भएका छन्।

महर्जन बिहीबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएसँगै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले उनको नाममा पक्राउ पुर्जी जारी गरेसँग उनी फरार रहेका थिएभने सो प्रकरणमा उनकी पत्नी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरिसकेको छ।

महर्जनलाई प्रहरीले हिरासतमा राख्न र अनुसन्धान गर्न अदालतबाट अनुमति लिने तयारी गरेको छ।

महर्जनसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ।



प्रतिक्रिया दिनुहोस्