Logo

मोरङमा एक लेखापालले गरे आत्मदाहको प्रयास, अवस्था गम्भीर



काठमाडौं, २० जेठ । मोरङमा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । मृगौलियामा रहेको श्री माध्यामिक विद्यालयमा कार्यरत लेखापाल ४० वर्षीय मनिल ढकालले विद्यालयमै आत्मदाहको प्रयास गरेका हुन् ।

उनले विद्यालयको शौचालयभित्र आत्मदाहको प्रयास गरेका थिए । जलेर गम्भीर घाइते भएको उनको विराटनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्