काठमाडौं, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राजावादीहरुलाई २०४७ सालको संविधान फर्काउने सपना नदेख्न चेतावनी दिएका छन् । आज (शनिबार) पार्टीनिकट युवा संगठन नेपाल चितवनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०४७ को संविधान र राजतन्त्र पर्काउने सपना देखेको खण्डमा ठूलो मूल्य चुकाउन पर्ने चेतावनी दिएका हुन् ।
‘२०४७ सालको संविधान फर्काएर नेपालको निकास हुन्छ भन्ने सोचाईँ असफल र पश्चगामी सोचाइँ हो । त्यो सम्भव छैन । पूर्वराजावादीहरु यदि कसैको विवेक छ भने ध्यान राखिराख्नु होला, अहिले संसद्वादीहरुको अफलताको कारणले जनतामा पैदा भएको निराशा र असन्तुष्टिलाई ०४७ सालतिर फर्काउने वा ०४६ सालतिर फर्काउने तपाईँले सपना देख्नुहुन्छ भने कडा मूल्य चुकाउनुपर्छ । यो कुरा बुझ्न्पर्छ, यो सम्भव छैन,’– उनले भने ।
राजतन्त्र नेपालमा दशकौं प्रयोग भएर असफल भएको र अहिलको संसदीय व्यवस्था पनि पूर्ण रुपमा असफल भइसकेको उनको टिप्पणी छ । संसद्वादी दलहरुको असफलतको कारण अहिले पूर्वराजावादीहरु सल्वलाइरहेको उनको दाबी छ । राजावादी साच्चिकै देश प्रेमी हो भने देशलाई बचाउने लाईनमा उभिन पनि उनले आह्वान गरेका छन् । केही दिनअघि काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालमाथि राजावादीहरुले गरेको क्रियाकलापको पनि उनले भत्र्सना गरेका छन् ।
‘राजावादीहरुसँग देशभक्त शक्ति छन् भने देशलाई बचाउने लाईनमा उभिन पर्या नि त ? देशलाई झन कुबाटोमा धकेल्ने खतरा छ यहाँ । अस्ति झलनाथ खनाललाई काठमाडौंमा जे भयो त्यो अमर्यादित छ, अराजनीतिक र अनैतिक छ,’– उनले भने । File Photo/Reporters Nepal