Logo

प्रधानमन्त्रीको भारत भ्रमणः नेपाल–भारतबीच भए महत्वपूर्ण चार सहमति र सम्झौता



काठमाडौं, २० जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदै छन् । प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गरेको थियो । पदभार ग्रहण गरेपछिको प्रधानमन्त्री प्रचण्डको यो पहिलो भारत भ्रमण हो ।

प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि रहेका छन् ।

भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले द्विपक्षीय वार्ताका क्रममा राजनीतिक, आर्थिक, व्यापार, ऊर्जा, सुरक्षा तथा विकास सहकार्यलगायतका विषयवस्तुलाई समेट्दै भारत र नेपालबीचको द्विपक्षीय एजेन्डाका सम्पूर्ण पक्षको समीक्षा गरेका थिए । प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मू तथा उपराष्ट्रपति जगदीप धनकडसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

त्यस्तै, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि प्रधानमन्त्री दाहालसँग दिल्लीमा शिष्टाचार भेटवार्ता गरे । दुवै प्रधानमन्त्रीले दुई देशबीच रहेको उत्कृष्ट सहकार्यको उल्लेख गरेका थिए । जुन सहकार्य कोभिड–१९ महामारीले निम्त्याएको विषम परिस्थितिको बेला पनि कायम थियो । दुई देशबीचको बलियो आर्थिक तथा व्यापार साझेदारीमाथि प्रकाश पार्दै दुवैले अन्य सम्झौतालगायत भारतको आन्तरिक जलमार्गमा पहुँच प्रदान गर्ने संशोधित पारवहन सन्धिमा हस्ताक्षर गरेकामा स्वागत गरेका थिए ।

यस्ता छन् प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएको सम्झौता र उपलब्धीहरुः

विद्युत् व्यापारमा महत्वपूर्ण उपलब्धि

पञ्चेश्वर आयोजनाको डिपिआर अन्तिम रुप दिने सहमति

रेल सम्पर्क सञ्जालमा उपलब्धि

महाकालीमा दुई पुलको निर्माण गर्ने निर्णय



प्रतिक्रिया दिनुहोस्