Logo

नागरिकता प्रमाणीकरणविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा



काठमाडौं,२१ जेठ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट सुनुवाइको लागि न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासमा पेसी परेको छ ।

वरिष्ठ अधिवक्ताद्वय डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबाट रिट दर्ता गराएका थिए ।

रिटमा अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ ।

त्यस्तै, विधेयकमा रहेका प्रावधानहरू समेतमा पुनरावलोकन गर्नुपर्ने भन्दै अदालतबाट अन्तरिम आदेश समेत माग गरिएको छ । रिटमा टुंगो नलाग्दा सम्म नागरिकता ऐन, २०६३ को दफा ९ मार्फत मात्र नागरिकता वितरण गरिनुपर्ने माग उक्त रिट निवेदनमा छ ।



प्रतिक्रिया दिनुहोस्