Logo

नक्कली शरणार्थी प्रकरण- जिल्ला अदालतमा थुनछेक बहस सुरू,फैसला अर्को साताको बुधवार



काठमाडौं,२१ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएर ठगी गरेको आारेपमा पक्राउ परेका १८ जना अभियुक्तको मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा सुरु भएको थुनछेक बहसमा आज जाहेरीकर्ताको तर्फबाट सरकारी वकिलहरुले बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले जाहेरीकर्ताको तर्फबाट बहस गर्न सरकारी वकिललाई तीन दिनको समय छुट्याएका छन् । जाहेरीकर्ताको तर्फबाट बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ । प्रतिवादीका तर्फबाट बहस गर्न ६ दिनको समय छुट्याइएको छ ।

त्यतीन्जेलसम्म बहस सकेर अर्को साताको बुधबार फैसला सुनाउने न्यायाधीश न्यौपानेले इजलासमा जानकारी गराएका छन् ।

यस प्रकरणमा पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,पूर्व सांसद आङटावा शेर्पा लगाएतका १८ जना प्रतिवादी पक्राउ परेका छन् भने १४ जना अझै फरार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्