Logo

संसद् बैठक १ घण्टाका लागि स्थगित



काठमाडौं,२१ जेठ । प्रमुख विपक्षी दल नेकपा एमाले ,राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गरेपछि आजको बैठक १ घण्टाका लागि स्थगित भएको छ ।

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको छ ।

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने प्रमुख सचेतक पदम गिरीले अडान राखेका छन् ।

एमालेसहित प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले एक घण्टाको लागि बैठक स्थगित भएको हो।



प्रतिक्रिया दिनुहोस्