काठमाडौं,२१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमप्रति भत्सना गरेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनदे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने दिननै कसको स्वार्थमा नागकिता विधेयक प्रमाणीकरण गरिएको हो भन्दै सरकारको जवाफ माग गरेका छन् ।
उनले भने ‘बाबु आमाको नागरिकता भएका तर छोराछोरीको उमेर पुगेर पनि हजारौं नागरिकले नागरिकता पाउनु पर्दछ । चाँडो भन्दा चाँडो नागरिकता विधेयकमा संशोधन गर्नुपर्छ भन्नेमा हामी कसैको दुइमत छैन तर अहिले पछिल्लो दिनमा जुन प्रक्रियाबाट र जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण भयो त्यस्को राप्रपा घोर भत्सना गर्दछ । हामी दाहोरयाएर भन्न चाहान्छौ यसलाई छिटो भन्दा छिटो प्रक्रियामा ल्याउनुपर्छ । यहि संसद्बाट पास गर्नुपर्छ र अहिले जुन गल्ति गरिएको छ त्यस्लाई सच्याइओस् र राष्ट्रपति मन्त्रिपरिषदको कारिन्दा हाईन् मन्त्रिपरिषदको आज्ञापालक होइन्’ उनले भने ।
।
त्यस्तै राप्रपाले तीनवटै अदालतबाट जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई आम माफी दिइएकोमा आपत्तिसमेत जनाएको छ ।
एमाले,राप्रपा र रास्वपाले निरन्तर अवरोध गरेपछि अहिले संसद् बैठक एक घण्टाका लागि स्थगित भएको छ ।