Logo

स्वार्थमा नागरिकता विधेयक प्रमाणीकरण भयोः सन्तोष परियार (भिडियोसहित)



काठमाडौं, २१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकताजस्तो गम्भीर विषयमा आफूहरु टुलुटुलु हेरेर नबस्ने बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नागरिकताजस्तो राजनीतिक, भू–राजनीतिक, मानव अधिकार र सुरक्षासँग जोडिएको विषयलाई संसद् छलेर ल्याउन नमिल्ने उनले बताए ।

आफूहरुले सरकारमा रहँदा पनि नागरिकताको विषयलाई न्यूनतम् साझा कार्यक्रममा समावेश गरेको र सरकारमा नरहँदा पनि नागरिकताको विषयमा निरन्तर आवाज उठाउँदै आएको उनले बताए । जन्मको आधारमा नागरिकता पाएका नेपाली आमाबाबुका सन्तानले नागरिकता पाउनु पर्छ भन्ने विषयमा रास्वापा स्पष्ट रहेकोसमेत उनले बताए । अहिलेको नागरिकता विधेयक कुनै स्वार्थको आधारमा आएको उनको आरोप छ ।

‘मधेशका तमाम नागरिकता विहिन नेपाली नागरिकलाई नागरिकता दिन होइन, अन्य कुनै स्वार्थले ल्याएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याईँ छ । हामी यसको घोर विरोध गर्दछौं । नागरिकता पाउनु पर्छ । यो राज्यको दायित्व हो ।’ उनले भने, ‘यो राजनीतिक विषय हो । नेपालको सुरक्षासँग जोडिएको विषय हो । मानव अधिकारसँग जोडिएको विषय हो र सँगसँगै यो भू–राजनीतिसँग जोडिएको विषय हो । यो गम्भीर विषयमा यो रवैयालाई रास्वपाले स्वीकार्दैन ।’



प्रतिक्रिया दिनुहोस्