Logo

गौर हत्याकाण्डविरुद्ध त्रिभुवन शाहद्धारा सर्वोच्चमा मुद्दा दर्ता,भोलिलाई तोकियो पेसी



काठमाडौं,२१ जेठ । रौतहटको गौरमा २०६४ सालमा भएको नरसंहारकारी हत्याकाण्डको १६ वर्षपछि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

आज सर्वोच्चमा त्रिभुवन शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारविरुद्ध मुद्दा दायर गरेका हुन् । उक्त मुद्दाको पेशी जेठ २२ गते सोमबारलाई तोकिएको छ ।

२०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्