Logo

रास्वपाका नेता श्रेष्ठद्धारा डेंगी रोगको रोकथामसम्बन्धी संकल्प प्रस्ताव दर्ता



काठमाडौं,२१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता तथा कार्यवाहक संसदीय दलका नेता विराजभक्त श्रेष्ठले डेंगी रोगको रोकथामसम्बन्धी संकल्प प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् ।

“डेंगु रोगको प्रकृतिअनुसार यो एक प्रकारको भाइरल इन्फेक्सन भएको, लामखुट्टेको माध्यमबाट यो एक मानिसबाट अर्को मानिसमा सर्ने भएको र यसले महामारीको रुप लिएको खण्डमा जनधनको अपूरणीय क्षति हुन सक्ने सम्भावनालाई यस वर्षको वर्षायाम सुरु हुनुअगावै यसको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार ब्यवस्थाका लागि संसद्मा गम्भीर रूपले छलफल गरी नेपाल सरकारलाई निर्देशन दिन माग गर्दै प्रस्ताव दर्ता गराएका हुन् ।

यस्तै, देशभर वर्षायाम सुरुहुनु अगावै जेठेको पहिलो हप्तामा नै सुरु भएको प्रि मनसुनले सबैलाई झस्काएको उल्लेख गर्दै सम्भावित महामारीपूर्व नै सावधानीको व्यवस्था गर्न माग गरे ।



प्रतिक्रिया दिनुहोस्