Logo

जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने प्रवधान एमालेले नै संविधानमा राखेको होः योगेश भट्टराई



काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले आफ्नै पार्टीको जोडबलमा संविधानमा जन्मसिद्ध नागरितकका छोराछोरीले वंशजको नागरिकता पाउने प्रावधान राखिएको बताएका छन् ।

आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधान सभामा एमाले नभएको भए जन्मसिद्धका छोराछोरीले वंशजको आधारमा नागरिकता पाउने प्रावधान संविधानमा नै समावेश नहुने बताएका हुन् ।

‘संविधान बनाउँदा नागरिकताका सन्दर्भमा केही गम्भीर प्रावधान हाम्रै पार्टीको जोडबलमा हामीले राखेका थियौं । नेपाली नागरिक जो जन्मसिद्धको आधारमा नेपाली नागरिक छन्, उनीहरुका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने प्रावधान सायद नेकपा (एमाले) संविधान सभामा नभएको भए त्यो संविधानमा पर्ने थिएन । आज हामीले त्यो संविधानमा राख्यौं,’– उनले भने । Photo: Mukunda Kalikote/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्