Logo

विश्व वातावरण दिवसः नेपालका लागि विवाईडीको आधिकारिक वितरक साइमेक्सको पहलमा रोपियो १५ सय रूख



काठमाडौं, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट (विवाईडी) को आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले एक हजार पाँच सय रूख रोपेको छ । विवाईडी परियोजनाको सहयोगमा वृक्षारोपण अभियान गरिएको हो । अभियानले काठमाण्डौंको चखण्डोल सामुदायिक वनको क्षेत्रलाई पुनरुत्थान गर्ने उद्देश्यले वृक्षरोपण गरेको हो । बीवाईडीको भिजन “कुल द अर्थ बाई वान डिग्री” दृष्टीकोणसँग मेल खान्छ । साइमेक्सले रणनीतिक स्थानमा एक हजार पाँच सय रुख रोपेर पुनरुत्थानमा योगदान गर्न अगाडि बढिरहेको छ ।

विश्वको सबैभन्दा प्रदूषित सहर भएको काठमाडौँ लामो समयदेखि वायु प्रदूषणका हानिकारक प्रभावहरु झेल्दै आएको छ । यो पहल गरेर साइमेक्सले काठमाण्डौंमा वायु प्रदुषणको प्रतिकुल प्रभावलाई कम गर्न प्रयास गरेको छ । “बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट” अभियानले वृक्षारोपणको लागि मियावाकी प्रविधीको प्रयोग गर्दै समग्र र प्रभावकारी वृक्षारोपणको प्रकृया सुनिश्चित गर्नेछ। यो दृष्टिकोण घना र बिविध खालको रुखहरुको वृक्षारोपण गरि चखण्डोल सामुदायिक वनको समुन्नत विकासको लागि बढावा दिनेछ ।

कार्यक्रमा वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतोले अभियानको सुरुवातको प्रतीकका रुपमा पहिलो विरुवा रोपेर उद्घाटन समारोहमा सहभागिता जनाएका थिए । साइमेक्स इंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ग्राहक, पर्यावरणविद्, सरकारी प्रतिनिधी र विवाईडी नेपालका ब्राण्ड एम्बेसडर हरिवंश आचार्यजस्ता प्रमुख व्यक्तिहरुलाई पनि निमन्त्रणा गरेको थियो । वातावरण संरक्षणमा साझा समर्पणको प्रतिनिधित्व गर्ने करिव दुई सय रुखको औपचारिक रोपण गरि कार्यक्रमको समापन भएको थियो भने बाँकी एक हजार तीन सय रुख आगामी १५ दिन भित्रमा रोप्ने तालिका रहेको छ ।

“बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट” अभियानमा सहभागी हुन पाउँदा र चखण्डोल सामुदायिक वन पुनस्थापनाको सामूहिक प्रयासको साक्षी हुन पाउँदा म गौरवान्वित छु । म दिगो पहलहरुको शक्तिमा विश्वास गर्छु जसले वायु प्रदुषण विरुद्ध लड्ने मात्र होइन, हरियाली र स्वस्थ भविष्य पनि सिर्जना गर्दछ । आउनुहोस एक पटकमा एक रुख गरी हात मिलाएर वातावरण संरक्षण तर्फ हाम्रो यात्रा जारी राखौं,”–नेपालका लागि विवाईडीका ब्राण्ड एम्बेसडर हरिवंश आचार्यले भने ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले चखण्डोल सामुदायिक वन क्षेत्रको पुनस्थापना गर्ने यस महान प्रयासमा समुदायसंग मिलेर काम गर्न पाउँदा आफुहरु हर्षित भएको बताईन् ।

‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ हिजो (सोमबार) ५०औँ विश्व वातावरण दिवस मनाइएको थियो । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाइन्छ ।



प्रतिक्रिया दिनुहोस्