Logo

करको दर हेरफेर प्रकरणः छानविन समिति नबनेसम्म संसद् चल्न नदिने विपक्षी दलहरुको अडान



काठमाडौं, २३ जेठ । संसद्मा प्रतिपक्षी दलहरुले आज पनि अवरोध गर्ने भएका छन् । बजेट वक्तव्य प्रस्तुत गर्ने अघिल्लो दिन विचौलिया गोप्य कोठामा पसेर करको दर हेरफेर गराएको आवाज हिजोको संसद् बैठकमा उठेको थियो । पूर्व भन्सार नायव सुब्बा रामकृष्ण श्रेष्ठले सीमित व्यवसायी घरनालाई फाइदा हुने गरी बजेट वक्तव्यको अघिल्लो दिन करको दर हेरफेर गराएको उनीहरुको आरोप छ ।

‘करको दर हेरफेरका विषयमा हामीले आवाज उठाएका हौं । हाम्रो अडान क्लियर छ । संसदीय छानविन समिति नबनेसम्म संसद् चल्न दिँदैनौं,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञान बहादुर शाहीले भने । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्