Logo

आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनको पहल गर्ने कोशी कांग्रेसको निर्णय



काठमाडौं,२३ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले कोशी प्रदेमा आफ्नै दलको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

प्रदेशको आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

सत्तारुढ दल माओवादी केन्द्र र जसपा नेपालले समर्थन फिर्ताको घोषणा गरेपछि नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । अब उनले प्रदेशसभाबाट एक महिना भित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्