Logo

अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए एमालेले सदन चल्न नदिने



काठमाडौं,२३ जेठ । नेकपा एमालेले बजेट सार्वजनिक हुने अघिल्लो दिन निश्चित घरानालाई फाइदा हुने गरि करको दर हेरफेर गरेको समचार प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्री डा.प्रकाशशरण महतसँग स्प्रष्ट जवाफ माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री महतलाई प्रश्न गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले भने‘हामी सुशासनको पक्षमा छौं । यसको विषयमा अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्‍यो । होइन भने संसदीय छानबिन समिति बनाएर छानबिन गराएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौं । महंगा गाडीमा भन्सारशुल्क खासै बढाइँदैन । तर, मध्यमवर्गीयहरूले चढ्ने गाडीमा भन्सार शुल्क बढाइन्छ । ती सबै कुरा कसरी भइरहेका छन् । आम जनताले जान्न चाहेका छन् । आज १५ प्रतिशत अन्तशुक्ल र भन्सार शुल्क बढेका साना गाडीहरू छन् । ती साना गाडीहरुमा ११ सय गाडी भित्रँदा राज्यलाई ९३ करोड नोक्सान हुन पुगेको छ ।’

एमालेले अर्थमन्त्र िमहतबाट स्प्रष्ट जवाफ माग गर्दै स्प्रष्ट जवाफ नआए सदन अगाडी बढ्न नसक्ने बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्