Logo

‘हामीलाई प्रकृतिले सबैथोक दिएर पनि बुद्धि चाहिँ के दियो के ?– उपेन्द्र यादव



काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रकृतिले हामीलाई सबैथोक दिएर पनि केही नभएको जस्तो भएर बस्नु परेको बताएका छन् । कतिपय मरुभूमि देश जहाजमा माटो ल्याएर र बालुवामाथि अन्न फलाएर पनि समृद्ध भइसकेको अवस्थामा हामीले चाहिँ प्रकृतिले दिएको स्रोत र साधनलाई समेत सदुपयोग गर्न नसकेको उनले टिप्पणी गरे ।

‘प्रकृतिले सबै थोक दिएको छ । हिमाल, पहाड, तराई । संसारको कुनै देशमा यत्तिको राम्रो छैन । तर,बुद्धि चाहिँ हाम्रो के दिएको हो के ? हामी गर्न नसक्ने । बञ्जर भूमि, कतिपय देशमा त माटो पनि छैन । जहाजबाट माटो ल्याएर बालुवामाथि राखी त्यहाँ फलाउँछन् । ती देश समृद्ध र शक्तिशाली भइसके ।’ उनले भने, ‘हामी कहाँ प्रकृतिले दिएको स्रोतलाई युटिलाईज गर्ने हो भने नेपाल वर्डको समृद्ध मुलुक बन्ने क्षमता हामी कहाँ छ । तर, दरिद्र बुद्धिले दरिद्ध बनाएर राखेको छ । हामीकहाँ विचौलिया र भ्रष्टाचारमात्रै फस्टाएको छ ।’ File Photo/ Repeorters Nepal 



प्रतिक्रिया दिनुहोस्