Logo

प्रधानमन्त्री प्रचण्ड नागरिकता विधेयक कोशेली लिएर भारत भ्रमणमा जानुभयोः सांसद न्यौपाने



काठमाडौं, २४ जेठ । नेकपा (एमाले) के नेतृ एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक कोशेली लिएर भारत गएको आरोप लगाएकी छन् ।आज (बुधबार) बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने क्रममा उनले नागरिकता विधेयक र नेपालको जल भविष्य पनि भारतलाई कोशेली दिएको आरोप लगाएकी हुन् ।

‘तपाईँले भारत भ्रमणमा जानुभन्दा दुई घण्टा अगाडि राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएर कोशेली लानु्भयो । त्यतिमात्रै होइन, नेपालको जलको भविष्यसमेत कोशेली दिनुभयो,’– उनले भनिन् ।

भारतले नेपालमा विद्युत खपत नबढोस् भन्ने चाहिरहेको बेलामा प्रधानमन्त्री प्रचण्डले विद्युतीय गाडीलाई निरुत्साहित गर्ने र पेट्रोल गाडीलाई प्रोत्साहन गर्ने बजेट ल्याउन लगाएुर भारत गएको उनको आरोप छ । उनले प्रधानमन्त्री प्रचण्डको यो कदमलाई राष्ट्रघातको संज्ञा दिईन् । भारतको चाहना अनुसार फूलकोट, कर्णाली जलविद्युत परियोजना भारतलाई सुम्पिएको उनको आरोप छ ।

‘भारतको यही चाहना पूरा गर्न फूलकोट, कर्णाली भारतलाई सुम्पिनु भयो । यतिमात्रै होइन, विद्युतीय गाडीलाई निरुत्साहित र प्रेट्रोलियम गाडीलाई प्रोत्साहन गर्ने बजेट सुनाएर भारत भ्रमणमा जानु भएको सम्माननीय प्रधानमन्त्री ज्यू तपाईँको यो निति राष्ट्रघात हो कि होइन ?’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्