काठमाडौं,२४ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट तीन जिल्लामा मात्रै केन्द्रीत भएको आवाज व्यापक सुनिएको भन्दै यस बारेमा सरकारसँग जवाफ माग्ने बताएको छन् ।
बुधवार त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले बजेट डडेल्धुरा, गोरखा र नुवाकोट केन्द्रित भएको बताएका छन् ।
उनले भने ‘बजेटबारे मैले केही टिप्पणी सुनेँ, बजेट जति सबै डडेलधुरा र गोरखामा केन्द्रित गरियो भन्ने सुनेँ । नुवाकोटमा पनि केन्द्रित गरियो भन्ने छ । यो सुन्नमा आयो’ उनले भने– ‘त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र कुनै आधारमा टेक्नै पर्ने थियो ।’
प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्ने बारेमा पार्टीका नेता र सत्तारुढ दलका नेताहरूसँग बुझ्ने बताउँदै नेपालले भने– ‘सरकारका प्रधानमन्त्रीलाई कति जानकारी भएको हो भन्नेमा बुझ्नुपर्नेछ । प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया आयो । त्यसैले सबै प्रक्रियालाई विचार गरेर गरिएको हो की होइन, यसबारेमा सबै कुरा बुझ्न बाँकी छ, पार्टीका नेता र सत्तामा रहेका नेताहरूसँग भेटेर कुरा गर्नेछु ।’ Photo By: Mukunda Kalikote /Reporters Nepal