Logo

गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश राउतको एकल इजलासमा



काठमाडौं,२५ जेठ । नरसंहारकारी गौर हत्याकाण्डसम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ ।

गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

२०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।



प्रतिक्रिया दिनुहोस्