Logo

जलहरी प्रकरण : संसदबाट डिलिट भएपनि जनताको मनबाट डिलिट हुन सक्दैन



काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका सांसद् रामहरी खतिवडाले जलहरी प्रकरणमा संसद्‍बाट रेकर्ड हटेपनि जनताको मनबाट नहट्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद् खतिवडाले जलहरी प्रकरणमा संसद्‍बाट रेकर्ड हटेपनि जनताको मनबाट नहट्ने बताएका हुन्।

‘हामीले संसदलाई हल्ला रुपमा प्रस्तुत गर्दैछौं। कसैको सत्ताको आवेगको केन्द्र नबनोस्। संसदमा छलफल हुनुपर्ने बिषय रेकर्डबाट हट्ने परम्परा अन्त्य होस्। हामी संसदलाई सार्वभौम बनाउन चाहन्छौं। महालेखाको प्रतिवेदन ५१६ मा सुनको जलहरी निर्माण प्रक्रियामा १०७ किलो ९ सय २४ ग्राम प्रयोग गर्ने उल्लेख गरिएको हुन्छ। त्यसमध्ये ९६ किलो ८ सय २२ ग्राममात्रै प्रयोग गरिएको र १० किलो ९ सय ७६ ग्राम बेपत्ता भएको भन्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ,’ उनले भने, ‘त्यो कुरा बोल्न महालेखाको प्रतिवेदन हामीलाई दिइएको हो। त्यो बोल्दा संसद्मा रेकर्ड हटाउने कुराको म विरुद्धमा छु। यी कुरा उठाउँदा ३ चोटी, ४ चोटी संसदबाट डिलिट हुन्छ भने पनि जनताको मनबाट डिलिट हुन सक्दैन। यो विषय संसदमा छलफल हुनुपर्छ।’



प्रतिक्रिया दिनुहोस्