Logo

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार, नेपाल फर्किने तयारी



काठमाडौं, २६ जेठ । जण्डिसबाट पीडित नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन स्वस्थ्य भएका छन्।

लामो समयदेखि चीनमा रहेर उपचार गरिरहेका पनुको स्वास्थ्यमा सुधार आएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।

पुन स्वस्थ्य भएसँगै नेपाल फर्किने तयारी गरिरहेको र केही दिनमै नेपाल फर्किने उनको पारिवारिक स्रोतले बताएको छ।

लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचाररत छन्।

गत ४ मंसिरको निर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित पुन स्वास्थ्यमा समस्या देखिएपछि मतगणना नसकिँदै काठमाडौँ आएका थिए।

file photo



प्रतिक्रिया दिनुहोस्