Logo

बजेट वास्तविक आकारको आएको छैन, यसले समस्या निम्ताउने छ : रास्वपा सांसद वाग्ले



काठमाडौं, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले बजेट वास्तविक आकारको नआएको र यसले समस्या निम्ताउने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै वाग्लेले बजेट वास्तविक आकारको नआएको र यसले समस्या निम्ताउने बताएका हुन्।

उनले भने,‘गतवर्ष निकै ठूलो आकार १७ खर्ब ९४ अर्बको बजेट आयो, जुन जीडीपी आकारको ३४ प्रतिशत थियो। मध्यावधिमा १५ खर्ब ५० अर्ब खर्च हुने अनुमान गरियो, अहिले आएर १५ खर्ब पाँच अर्ब खर्च हुने अनुमान गरिएको छ।’

‘अर्थमन्त्री आफैँ अर्थशास्त्रको विज्ञ हुनुहुन्छ, त्यसमा बजेट बनाउन तीनजना पीएचडी सल्लाहकार राख्नु भएको थियो। बजेट भने वास्तविक आकारको आएको छैन, यसले समस्या निम्ताउने छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्