Logo

पूर्वअर्थमन्त्री पौडेलको नजरमा अहिलेको बजेट ‘केवल नाराहरुको भीडमात्रै’



काठमाडौं, २८ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकारले प्रस्तुत गरेको बजेटमा कुनै नयाँपन नरहेको दाबी गरेका छन् । बजेटमाथिको छलफलमा भाग लिँदै आज (आईतबार) प्रतिनिधि सभा बैठकमा उनले बजेटमा विगतकै कार्यक्रमको निरन्तरता र थप केही नाराहरुको भीडमात्रै रहेको बताएका हुन् ।

‘बजेटमा कुनै नयाँपन छैन । जे छ विगतकै कार्यक्रमको निरन्तरता छ । थप केही छ भने नाराहरुको भीड छ । नी नारालाई कार्यान्वयन गर्ने कार्यक्रम र तदनुरुपको विनियोजन छैन,’– उनले भने ।

महत्वपूर्ण सडक, आधारभूत अस्पताल, बाँकी रहेको भूकम्पपछिको पूनर्निमार्ण, विद्यालय भवन, औधोगिक क्षेत्र तथा औधोगिक ग्राम, हरेक प्रदेशमा निर्माण गरिने सरकारी स्वामित्वका मेडिकल कलेज आदिका लागि न्यून बजेट विनियोजन भएको उनको आरोप छ ।

भौतिक पूर्वाधारअन्तर्गत शिक्षा, स्वास्थ्य रोजगारीजस्ता मानवीय कार्यक्रमका योजनाहरुमा गरिएको विनियोजन अत्यन्त न्यून र असन्तुलित रहेको उनले बताए । बजेट गेम चेन्जमा नभएर कार्यक्रम र आयोजनाहरुको नेम चेन्ज गर्ने कुरामा उद्दत भएर लागेको उनको आरोप छ ।

 

 



प्रतिक्रिया दिनुहोस्