काठमाडौं, २८ जेठ । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेट गाँजा खेतीतिर भौतारिएको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले बजेट गाँजा खेतीतिर भौतारिएको आरोप लगाएका हुन्।
उनले भने, ‘हरेक देशका विकासका विशिष्ट संरचना र आधार हुन्छन्। हाम्रो देशको विकासका लागि जलश्रोत, पर्यटन र कृषि जस्ता सम्भावनाका क्षेत्रहरू छन्। तर यो बजेटले नेपाली विकासको विशेषताको एजेन्डालाई अस्विकार गरेको छ। विचलित भएको छ र गाँजा खेतीतिर भौतारिएको छ।’
उनले व्यवस्थापन क्षमतामा विश्वसनीय सुधार नगरी गाँजा खेतीमा लाग्ने हो भने यसले मुलुकलाई त्रासदीपूर्ण विपत्ति तिर लतार्ने दाबी गरे।