Logo

अर्थमन्त्रीलाई प्रश्न : सांसद्‍ले उठाएका विषय बजेटमा कसरी समावेश हुन्छन् ?



काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अर्थमन्त्री डा प्रकाशशरण महतलाई सांसदले उठाएका विषय बजेटमा कसरी समावेश हुन्छ भन्दै प्रश्न गरेका छन्।

आइतबार प्रतिनिधिसभामा आगामी बजेटको छलफलमा बोल्दै सांसद पौडेलले उक्त प्रश्न गरेका हुन्।

उनले भने, ‘नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइरहँदा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका विषयहरूलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नु भएको थियो। माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु हामीले छलफलमा उठाएका यी विषयहरूलाई तपाईंले बजेटमा कसरी समावेश गर्नुहुन्छ? यो संसदलाई स्पष्ट गराइदिनुहुन म अनुरोध गर्न चाहन्छु।’



प्रतिक्रिया दिनुहोस्