Logo

अर्थमन्त्रीलाई महामन्त्री थापाको प्रश्न : करको दरमा कसैलाई के आधारमा छुट दिइएको हो?



काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री डा प्रकाशशरण महतलाई करको दरमा कसैलाई के आधारमा छुट दिएको भन्दै प्रश्न गरेका छन्।

आइतबार प्रतिनिधिसभामा आगामी बजेटको छलफलमा बोल्दै महामन्त्री थापाले अर्थमन्त्री महतलाई करको दरमा कसैलाई के आधारमा छुट दिएको भन्दै प्रश्न गरेका हुन्।

उनले भने,‘करको दरमा कसैलाई छुट दिँदा छुटको भार कति पर्‍यो, के आधारमा छुट दिएँ भन्नेबारे स्पष्ट रुपमा संसदमा आउनुपर्छ।’

‘कार्यान्वयन गरेर परिणाम ल्याउने हो भने बजेटको आकार अवास्तविक छ भन्ने मानेर बजेट कार्यान्वयन गर्न सुरु गरियो भने बजेटका अपेक्षा कार्यान्वयन गर्न सजिलो हुन्छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्