काठमाडौं, २८ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बनाउन बुझेको मानिस खोजिरहेको बताएका छन्।
प्रतिनिधिसभा बैठकपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बनाउन बुझेको मानिस खोजिरहेको बताएका हुन्।
‘स्वास्थ्य बीमा प्रभावकारी बन्न सकेको छैन। यो बीमा सञ्चालन गर्ने ठाउँमा महत्वपूर्ण व्यक्तिहरु मैले स्वास्थ्य र बीमा दुवै बुझेको मानिस खोजिरहेको छु, त्यो पाइरहेको छैन, की स्वास्थ्य बुझेको पाइन्छ की बीमा, दुवै बुझेको मान्छे पाउन सकेको छैन,’ उनले भने।