Logo

पत्रकार पन्थीको ‘लेफ्ट–राइट सत्ता र शक्तिको ‘अ’राजनीति’ पुस्तक बजारमा



काठमाडौं, २९ जेठ । पत्रकार नेत्र पन्थीको ‘लेफ्ट–राइट सत्ता र शक्तिको ‘अ’राजनीति’ पुस्तकको डिजिटल विमोचन भएको छ । साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि. बाट प्रकाशन भएको उक्त पुस्तक हिजो (आईतबार) विमोचन भएको हो । प्रकाशकले बताएअनुसार पुस्तक बजारमा आजबाट उपलब्ध भएको छ ।

उक्त पुस्तकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले नै सत्ता र शक्तिका लागि संविधान, कानुन, मूल्य र मान्यता विपरीत चालेका कदमको अन्तरकथा खोतलिएको छ ।

पुस्तकमा नयाँ सविधान जारी भएपछिपछि नेताहरुमा नबदलिएको सत्ताको भोकको चरित्रको र नेपालमो भू–राजनीतिक प्रभावलाई विषय बस्तु बनाएर सशक्त ढंगले लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस्