Logo

‘करिब ३ घण्टाको बजेट प्रस्तुतिमा ओलीले २ घण्टा लामो टिप्पणी गरे’



काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले आफूले करिब ३ घण्टाको समयमा बजेट प्रस्तुती सकेको तर प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले टिप्पणीमै २ घण्टा समय बिताएको बताए

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी वर्षको बजेटबारे सांसद्‍हरूले उठाएको प्रश्न गर्दै उनले बजेटको टिप्पणीमै ओलीले २ घण्टाको समय लगाएको बताए।

‘स्वयम् विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूले मैले प्रस्तुत गरेको करिब ३ घण्टाको प्रस्तुतिमा उहाँले २ घण्टाको टिप्पणी राख्नुभयो,’ उनले थपे, ‘यसले मैले के महसुस गरेको छु भने यो बजेटमा केही महत्वपूर्ण कुराहरू छन्। यसले केही नयाँ कुराहरू अघि बढाउन कोसिस गरेको छ। होइन भने विपक्षी दलका नेता २/२ घण्टा उभिएर समय दिनुहुन्थेन।’



प्रतिक्रिया दिनुहोस्