Logo

वैदेशिक सहयोगका लागि लिखित सम्झौता पेश गर्न अर्थमन्त्रीलाई सांसद्को चुनौती



काठमाडौं, २९ जेठ । रास्वपाका सांसद् डा. स्वर्णिम वाग्लेले अर्थमन्त्री डा प्रकाश शरण महतलाई वैदेशिक सहयोगका लागि लिखित सम्झौता पेश गर्न चुनौती दिएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् वाग्लेले अर्थमन्त्री महतलाई आगामी बजेटमा अपेक्षित सहयोग लेखिएको तर त्यसको लिखित सम्झौता पेश गर्न चुनौती दिएका हुन्।

उनले भने, ‘५५ अर्ब रुपैयाँ अपेक्षित वैदेशिक सहयोगमा जम्मा पाँच अर्ब आएको छ। तर, अर्को चार हप्ताभित्र ३८ अर्ब आउँछ भनेर बजेटमा लेखिएको छ। अर्को साल ५० अर्ब आउँछ भनेर लेखिएको छ। के लिखित सम्झौता नै पेस गर्न सक्नुहुन्छ माननीय अर्थमन्त्रीज्यू? ’

उनले बाह्य सहयोगको हकमा जे प्रतिबद्धता आएको छ, त्यो लेखिएको छ, भनिए पनि त्यसमा आश्वास्त हुन सकिने आधार नभएको दाबी गरे।



प्रतिक्रिया दिनुहोस्