Logo

जसपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन



काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी (जसपा) को अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको शनिबारको बैठकले अर्जुन थापाको प्रमुखत्वमा विभाग गठन गरेको हो । बैठकबाट भरत गुरुङलाई सचिवको जिम्मेवारी दिइएको छ ।

विभागको सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिस कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बु, पवन राय र विनोद पौडेल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्