Logo

एनआईसीले क्यूआर कोडमार्फत् भुक्तानी लिने मर्चेन्टहरूलाई आकर्षक सुविधा दिने



काठमाडौं, २९ जेठ । एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत् भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधासहितको क्यूआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक गरेको छ।

डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहीहरू समक्ष पुर्‍याउने हेतुले बैंकले ल्याएको योजना २०८० आषाढ मसान्तसम्म सञ्चालन हुनेछ।

समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू मात्र यस योजनामा समावेश हुने बैंकले जनाएको छ। देशभर २ लाखभन्दा बढी मर्चेन्टहरूमाझ उपस्थिति जनाइसकेको बैंकले क्यूआर भुक्तानीलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न कम्पनीहरूसँगको समझदारीमा पहिलो पटक कारोबार गर्ने मर्चेन्टहरूलाई सम्बन्धित साझेदार कम्पनीहरूमार्फत आकर्षक लाभको व्यवस्था गरेको छ।

योजनाअनुसार यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाडौं सुपरमार्केटको तर्फबाट २ हजार बराबरका १० वटा ह्याम्पर, त्रिकोट इन्डस्ट्रिजको तर्फबाट ५–५ हजार बराबरको १०० वटा भौचर, हार्ड रक केफको तर्फबाट १० वटा ननभेज बीबीक्यूको भौचर, बिग डिजिटलको तर्फबाट एक–एक थान थान राइस कुकर, ब्रेक फास्ट मेकर र ह्याण्ड ब्लेन्डर र सिजी डिजिटलको तर्फबाट एक–एक थान मिक्चर ग्रिण्डर, इन्डक्सन कुकर तथा ड्राइ आइरनको व्यवस्था गरिएको बैंकले जनाएको छ।

साथै, बैंकले ट्रेन क्वालिटी स्पाको तर्फबाट ५० वटा भौचर, अगेनो सेकुवाको तर्फबाट एक–एक हजारका ४ वटा भौचर, हुकुट स्टोरको तर्फबाट ६ वटा घडी एवं २ वटा इयरबड, कुटुम्ब होटलको तर्फबाट दुई–दुई हजारका ५ वटा भौचर, अपटाउन रेष्टुरेन्टको तर्फबाट १५–१५ सय बराबरको ५ वटा भौचर र स्क्वायर होटलको तर्फबाट दुई–दुई हजारका ३ वटा भौचर प्रदान गर्नेछ।



प्रतिक्रिया दिनुहोस्