काठमाडौं, २९ जेठ । हंसराज हुलासचन्द एण्ड कम्पनीले फाइनान्स जात्राको शुरुवात गरेको छ ।
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले काठमाडौं उपत्यकाका ग्राहकहरूको सहुलियतलाई ध्यानमा राख्दै फाइनान्स जात्राको शुरुवात गरेको हो ।
‘शून्य प्रतिशतमा बजाजसँग यात्रा’ ट्यागलाइन राखिएकोस जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्नेछन् ।
जसले गर्दा बजाजका मोटरसाइकलहरू खरिद गर्न चाहने उपभोक्तालाई अझै सहज हुने कम्पनीले जनाएको छ ।
‘उपत्यकामा जात्रालाई जसरी विशेष महत्व दिएर मनाइने गरिन्छ, त्यसरी नै बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवकारुपमा मनाएर ग्राहक माझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गरिएको हो’ कम्पनीले भनेको छ ।
कम्पनीका अनुसार यस फाइनान्स जात्रा अन्तर्गत उपत्यका भित्र बजाज मोटसाइकल खरिदमा ५० प्रतिशत डाउन पेटेन्टमा १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजदरको लाभ लिन सकिने छ ।
फाइनान्स जात्रा काठमाडौं उपत्यकाभरिका १८ बजाज शोरूमहरूमा यही जेठ २८ देखि ३२ गतेसम्म ५ दिनको लागि लागु हुने कम्पनीले जनाएको छ ।