Logo

वैदेशिक रोजगारमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने तयारी



काठमाडौं, २९ जेठ । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले आगामी साउन १ गतेदेखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज (सोमबार) राष्ट्रिय सभाको राष्ट्रिय समन्वय समितिको बैठकमा विदेशमा रहेका नेपालीलाई अनलाईनमार्फत नेपालमा स्थायी ठेगाना रहेको ठाउँमा मतदाता नामावली कायम हुनेगरी नामावली संकलनको तयारी भइरहेको बताएका हुन् ।

अनलाईनमार्फत नामावली संकलनपछि सम्बन्धित देशको कुटनीतिक नियोगमा उपस्थित भएर फोटो र औंठाछाप संकलन गर्नुपर्ने आयोगले जनाउको छ । पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गर्ने आयोगको तयारी रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्