Logo

नेतृत्वमा सबैभन्दा धेरै बदलाव ल्याउने पार्टी एमाले : महासचिव पोखरेल



काठमाडौं, २९ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेतृत्वमा सबैभन्दा धेरै बदलाव ल्याउने पार्टी एमाले भएको दाबी गरेका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोल्दै महासचिव पोखरेलले नेतृत्वमा सबैभन्दा धेरै बदलाव ल्याउने पार्टी एमाले भएको दाबी गरेका हुन्।

उनले भने, ‘नेपालका पुराना राजनीतिक दलहरूमध्ये सबैभन्दा धेरै नेतृत्वमा बदलाव ल्याउने दलका रूपमा नेकपा एमाले छ। चाहे नेपाली कांग्रेससँग तुलना गर्नुहोस् वा चाहे नेपालका अन्य कम्युनिस्ट पार्टीहरूका बारेमा। पुष्पकमल दाहाल प्रचण्डजी ०४५ सालदेखि लगातार प्रमुख नेतामा हुनुहुन्छ। हाम्रो पार्टीभित्र ०४५ सालपछि मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली हुनुहुन्छ। एकातिर एक जना मात्रै नेता, अर्कोतिर पाँचजना नेता भएको पार्टी हो, त्यसैले यो विषय उठाएर नेतृत्वमा समस्या हुने भन्ने हुँदैन।’



प्रतिक्रिया दिनुहोस्