Logo

बहुउपयोगी घ्यूकुमारी, यस्ता छन् फाइदाहरु



सविता सिंह ठकुरी –

घ्यूकुमारी एक प्रकारको जडिबुटी हो । यसले हाम्रो शरीरको छाला र कपाललाई स्वस्थ्य र बलियो बनाउन मद्दत गर्छ । घ्यूकुमारीको बाहिरी भाग काटेर भित्र रहेको सेतो जेल प्रयोग गरिन्छ । औषधी, अनुहारमा लगाउने क्रिम, पेस्ट, स्याम्पु तथा साबुन, तेल जस्ता अन्य सामाग्रीहरु बनाउन पनि घ्युकुमारीको प्रयोग गरिन्छ ।

घ्यूकुमारीमा ९५ प्रतिशत पानी र ५ प्रतिशत ठोस पदार्थ पाइन्छ । यसमा भएको एसिमेनोन र एलोवेरोज एसिडले हाम्रो शरीरमा रोगसँग लड्न सक्ने क्षमता दिन्छ । यो एउटा सानो विरुवा भएपनि यसले मानव स्वास्थ्यलाई धेरै प्रकारका फाइदा पुर्याउँछ ।

यस्ता छन् घ्युकुमारीका फाइदाहरुः

-घ्यूकुमारीमा धेरै मात्रामा फाइबर, भिटामिन ‘बि’ कम्प्लेक्स, एन्टिबायोटिक पाइन्छ ।

-कब्जियत भएको बेलामा घ्यूकुमारीको प्रयोग लाभदायी हुन्छ ।

-घ्यूकुमारीको प्रयोगले ब्लडमा ग्लुकोजको मात्रा कम गर्न मद्दत गर्छ ।

-घ्यूकुमारीको जुस ग्याष्ट्रिक भएको बेलामा पनि उपयोगी हुन्छ ।

-घ्यूकुमारीको जेलबाट मोस्टराइजर, टोनर, क्रिम बनाएर अनुहारमा लगाउनाले अनुहारको छाला टाइट बनाउने, चम्किलो बनाउने र जवान राख्नमा मद्दत गर्छ ।

-मुख गन्हाउने र गिँजासमन्धी समस्या समाधानका लागि उपयोगी हुन्छ ।

-नियमित एक दुई चम्चा जेल खानाले हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ ।

-घ्यूकुमारीको जेल कपालमा प्रयोग गर्नाले कपाल झर्ने समस्या कम गर्छ र कपाल बाक्लो र मुलायम बनाउनमा मद्दत गर्छ ।

-घ्यूकुमारीको जेलले हाम्रो शरीरमा इम्युनिटी बढाउने काम गर्छ ।

-यसको प्रयोगले मुटुलाई स्वस्थ बनाउनमा मद्दत गर्दछ ।



प्रतिक्रिया दिनुहोस्