Logo

काठमाडौं-१ मा स्वास्थ्य प्रवद्र्धन केन्द्र खोल्न सांसद श्रेष्ठको दौडधुप



काठमाडौं, ३० जेठ । बागमती प्रदेश प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले काठमाडौं–१ मा स्वास्थ्य प्रवर्द्धन केन्द्र खोल्न पहल थालेका छन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीलाई भेटेर उनले काठमाडौं क्षेत्र नम्बर–१ मा स्वास्थ्य प्रवर्द्धन केन्द्र खोल्न प्रस्ताव र पहल गरेका हुन् । सांसद श्रेष्ठका अनुसार मन्त्री जोशीसँगको भेटमा काठमाडौं क्षेत्र नम्बर–१ मा आधुनिक उपकरण जडित निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने हेतु स्वास्थ्य प्रबर्द्धन केन्द्र खोल्नको लागि आवश्यक बजेटको माग छ । यसमा मन्त्री जोशीले सकारात्मक प्रतिक्रिया दिएको उनको भनाई छ ।

स्वास्थ्यमन्त्री जोशीसँगको भेटमा सांसद श्रेष्ठले सिभिल अस्पतालमा आवश्यकता रहेको डायलासिस सेवाको लागि उपकरण साथै प्रसूति गृहमा आवश्यक रहेको उपकरणहरूको व्यवस्थापन गर्नसमेत आग्रह गरेका छन् । यसमा पनि स्वास्थ्यमन्त्री जोशी सकारात्मक रहेको सांसद श्रेष्ठले बताए । सांसद श्रेष्ठले कोरोनाकालमा सिभिल अस्पताललाई झन्डै २ करोडको स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्