काठमाडौं, ३० जेठ । मधेस प्रदेशका मुख्यमन्त्रीले शतप्रतिशत विश्वासको मत पाएका छन्।
मुख्यमन्त्री सरोज कुमार यादवलाई १ सय ३ सांसदले विश्वासको मत दिएका छन्।
मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित सबै १ सय ३ सांसदले विश्वासको मत दिएभने २ सांसद् अनुपस्थित रहेका थिए।
मुख्यमन्त्री यादवलाई सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिएको एमालेलेसमेत विश्वासको मत दिएको छ।
योसँगै मुख्यमन्त्री यादवले दोस्रोपटक विश्वासका मत पाएका हुन्।
*मत संख्या अन्यथा हुन गएकोमा सच्याइएको छ। -स.