काठमाडौं, ३१ जेठ । सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीबाट निरीक्षणमा खटिएका सशस्त्र प्रहरी निरीक्षक नवलप्रभात राईले ड्युटीमा रहेको प्रहरीलाई कुटपिट गरेका छन् ।
सादा पोसाकका रहेका निरीक्षक राईले झापाको मेचीनगरस्थित नेपाल–भारत सीमा नकलबन्दामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि राम्रो ड्युटी नगरेको भन्दै हातपात गरेका हुन् ।
निरीक्षक राईले सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, हवल्दार रामबहादुर कार्की, गणेश तामाङ, सहायक हवल्दार शान्तिबहादुर राई र जवान उमेश राजजंशीमाथि हातपात गरेका थिए । उनीहरुलाई निरीक्षक राईले मेची नदीको पानीमा चोबल्दै भाटाले हानेको बताईएको छ । File Photo/Reporters Nepal