काठमाडौं, ३२ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको छ।
अर्थ मन्त्रालयकोजिम्मेवारी समेत सम्हालिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँको बजेट अनुमान प्रस्तुत गरेका हुन्।
मुख्यमन्त्री कार्कीले अध्यादेशमार्फट ल्याएको वार्षिक बजेट अनुमान मन्त्रालयको सभाहलमा प्रस्तुत गरेका हुन्।
बजेटको कांग्रेस र माओवादीलगायतका दलहरूले बहिस्कार गरेका छन्।