Logo

कांग्रेस सांसदको आरोप ‘पर्यटनमन्त्री किराँतीले ऋणमा जहाज किनेर अर्को काण्ड गर्न खोजिरहनुभएको छ’



काठमाडौं, १ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले सस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पचास अर्ब सञ्चित घाटामा रहेको कम्पनीलाई नाफामा देखाएर अर्को जहाज किन्न खोजेको आरोप लगाएका छन् ।

आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले किराँतीले थप ऋणमा जहाज किनेर अर्को काण्डको किर्तिमान खडा गर्न खोजेको आरोप लगाएका हुन् ।

‘पर्यट तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ, बडो योग्य मान्छे हुनुहुन्छ । इमानदार एवं कर्मठ हुनुहुन्छ । युवा हुनुहुन्छ ।’  व्यङ्ग्य गर्दै सांसद घिमिरेले भने, ‘पचास अर्बको सञ्चित घाटामा रहेको कम्पनीलाई नाफामा देखाएर थप ऋणमा जहाज किनेर अर्को काण्डको किर्तिमान खडा गर्न दौडदै हुनुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्